३० बैशाख २०८१, आइतबार | May 13, 2024

सुर्खेत गोलीकाण्डमा संलग्न १ सुटर सहित ४ जना पक्राउ



सुर्खेत । सुर्खेतको बिरेन्द्र नगरमा तरुणदलका नेतामाथि गोली प्रहार गर्ने भाडाका सुटरहरु पक्राउ परेका छन् । शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा तरुणदलका नेता विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहारको घटनामा संलग्न भाडाका भारतीय सुटरसहित चार जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२, का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपूत रहेका छन् । पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको कार्यक्रममा राजपूत उक्त घटनामा सुटरको रूपमा प्रयोग भएको ब्यक्त भएको प्रहरीले जनाएको छ ।

राजपूतले नै तरुण दलका जिल्ला सदस्य समेत रहेका गिरीलाई गोली प्रहार गरेको प्रहरीको दाबी छ । यद्यपि उनले चलाएको गोली गाडीमा लागेको थियो ।

प्रहरीले पक्राउ गरेका चार जनामाथि अनुसन्धान सुरु गरेको अन्य संग्लग्नहरूको खोजीतिब्र पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी रुपेश खड्काले बताए । प्रहरीका अनुसार घटनामा पक्राउ परेका इन्द्रले सुटरसँग सहजीकरण गरेको देखिएको छ भने उनैले पक्राउ नपरेका एक जना अज्ञात व्यक्तिसँग डेढ महिनादेखि ह्वाट्सएपमा निरन्तर कुराकानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारीले बताए ।

हत्याको मुख्य योजनाकारले इन्द्र, भरतलाई नेपालगन्जमा भेटेर हत्याको योजना बनाएको प्रहरीले दाबी गरेपनि योजनाकारको नामा भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरी प्रमुख खड्काले योजना बनाउने व्यक्तिबाट सुटर भनिएका राजपूतलाई दुई लाख रुपैयाँ सुपारी दिने सहमति भएको बताए । एसपी खड्काका अनुसार सुटर भनिएका राजपूत फागुन ७ गते वीरेन्द्रनगरमा आएको र उनलाई वीरेन्द्रनगर–४ मा रहेको गणेश होटलमा राख्ने व्यवस्था भने पक्राउ परेका राजन गिरीले मिलाएका थिए ।

भरतले यस घटनामा प्रयोग गर्न आफ्नो भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएको पनि प्रहरीले जनाएको छ । शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद गिरीलाई ताकेर गोली प्रहार भएको थियो । नगरपालिका–१, देउतीथानस्थित उनको घर पुग्नुभन्दा केही अगाडि गोली हान्दा उनको गाडीको सीसामा लागेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेपनि यसमा हत्या गर्नुपर्ने कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा संलग्न दुई जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरू विरुद्ध हातहतियार खरखजना र ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : ०३ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट