९ असार २०८३, मंगलबार | June 24, 2026

सुर्खेत गोलीकाण्डमा संलग्न १ सुटर सहित ४ जना पक्राउ



सुर्खेत । सुर्खेतको बिरेन्द्र नगरमा तरुणदलका नेतामाथि गोली प्रहार गर्ने भाडाका सुटरहरु पक्राउ परेका छन् । शनिबार बेलुका वीरेन्द्रनगर नगरपालिका–१, गैरीचोकमा तरुणदलका नेता विनोद गिरीलाई लक्षित गर्दै गोली प्रहारको घटनामा संलग्न भाडाका भारतीय सुटरसहित चार जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–२, का १८ वर्षीय इन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी र भारतको उत्तर प्रदेश बिजनौर जिल्लाको दादानगरगञ्जस्थित जोसीपन मोहल्ला बस्ने १९ वर्षीय रोहित राजपूत रहेका छन् । पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको कार्यक्रममा राजपूत उक्त घटनामा सुटरको रूपमा प्रयोग भएको ब्यक्त भएको प्रहरीले जनाएको छ ।

राजपूतले नै तरुण दलका जिल्ला सदस्य समेत रहेका गिरीलाई गोली प्रहार गरेको प्रहरीको दाबी छ । यद्यपि उनले चलाएको गोली गाडीमा लागेको थियो ।

प्रहरीले पक्राउ गरेका चार जनामाथि अनुसन्धान सुरु गरेको अन्य संग्लग्नहरूको खोजीतिब्र पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, एसपी रुपेश खड्काले बताए । प्रहरीका अनुसार घटनामा पक्राउ परेका इन्द्रले सुटरसँग सहजीकरण गरेको देखिएको छ भने उनैले पक्राउ नपरेका एक जना अज्ञात व्यक्तिसँग डेढ महिनादेखि ह्वाट्सएपमा निरन्तर कुराकानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकारीले बताए ।

हत्याको मुख्य योजनाकारले इन्द्र, भरतलाई नेपालगन्जमा भेटेर हत्याको योजना बनाएको प्रहरीले दाबी गरेपनि योजनाकारको नामा भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरी प्रमुख खड्काले योजना बनाउने व्यक्तिबाट सुटर भनिएका राजपूतलाई दुई लाख रुपैयाँ सुपारी दिने सहमति भएको बताए । एसपी खड्काका अनुसार सुटर भनिएका राजपूत फागुन ७ गते वीरेन्द्रनगरमा आएको र उनलाई वीरेन्द्रनगर–४ मा रहेको गणेश होटलमा राख्ने व्यवस्था भने पक्राउ परेका राजन गिरीले मिलाएका थिए ।

भरतले यस घटनामा प्रयोग गर्न आफ्नो भे ५ प ६०६१ नम्बरको मोटरसाइकल उपलब्ध गराएको पनि प्रहरीले जनाएको छ । शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद गिरीलाई ताकेर गोली प्रहार भएको थियो । नगरपालिका–१, देउतीथानस्थित उनको घर पुग्नुभन्दा केही अगाडि गोली हान्दा उनको गाडीको सीसामा लागेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेपनि यसमा हत्या गर्नुपर्ने कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा संलग्न दुई जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरू विरुद्ध हातहतियार खरखजना र ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ९ : ०३ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३