२३ श्रावण २०८३, शनिबार | August 9, 2026

मर्चवारको कोटहीमाईमा गोली चलाएको अभियोगमा ३ जना पक्राउ



बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिका-३ त्रिलोकपुरमा गोली चलेको घटना अनुसन्धानका लागि प्रहरीले एक भारतिय नागरिक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

रुपन्देही प्रहरीले भारत महाराजगञ्जका २५ वर्षीय श्रीप्रसाद यादव सहित कोटहीमाईका स्थानीय १८ वर्षीय दिलिप यादव र २१ वर्षीय विजय भरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बेलुका ७ बजेतिर गोली पड्केको जस्तो आवाज सुनिएको खबर पाएपछि प्रहरी इलाका प्रहरी कार्यालय मझगाँउबाट प्रहरी घटनास्थल त्रिलोकपुरमा पुगेको थियो । प्रहरीले सो स्थानबाट कटुवा पेस्तोलमा लाग्ने जस्तो देखिने एक राउण्ड गोली, पड्केको गोलीको खोका, दुई थान नेपाली नम्बर प्लेट लु १३ प ९४१६ र लु ४२ प ५५७२ को मोटरसाइकल २ थान र एउटा भारतीय नम्बर प्लेट UP53BZ9157 को मोटरसाईकल बरामद गरेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  १० : ०० बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी