१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

भारतका चर्चित गजल गायक पंकज उदासकाे निधन



मुम्बई । चर्चित गजल गायक पंकज उदासको निधन भएको छ । पद्मश्री पंकज उदास लामो समयदेखि बिरामी थिए । ७२ वर्षीय उदासको आज बिहान निधन भएको छ । उनकी छोरी नायब उदासले सो जानकारी दिएकी हुन् ।

नायबले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन्, ‘धेरै गहिरो हृदयका साथ, लामो समयदेखि बिरामी भएर २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उदासको दुखद निधन भएको खबर गर्दैछौं ।’

पंकज उदास लामो समयदेखि बिरामी थिए, उनलाई १० दिनअघि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनले आज बिहान ११ बजे अन्तिम सास लिए ।

पंकज उदासको निधनको खबर आएपछि सबैले उहाँलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यो खबरले संगीत जगतमा शोकको माहोल छाएको छ ।

पंकाज उदास ‘चिठी आयी है…’ र ‘जिए तो जिये कैसे….’ जस्ता धेरै प्रसिद्ध गीत र गजलका लागि परिचित छन्। उनले नाम, साजन र मोहरा लगायत धेरै  हिन्दी फिल्महरूमा पार्श्व गायकको रूपमा पनि आफ्नो छाप छाडेका छन ।

पंकज उदासको मंगलबार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : ५४ बजे

प्रतिनिधसभा : भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा श्रीकृष्ण गिरी नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला