५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बारा विस्फोट अपडेट : मृतक संख्या दुई पुग्यो, घाइते चार जनाको उपचार हुँदै



बारा । बाराको निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

निजगढ नगरपालिका-९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ । जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए ।

लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो । प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ । यो नेपालमा नपाइने प्रहरीले जनाएको छ । सो वस्तुमा इन्डीयन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ । विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुसिलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जादै गर्दा प्रहरीले पक्राउ गरेको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको शरीरको भाग क्षत्विक्षत् भएको छ भने पूर्णरूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन् । घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ ।

विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ यो प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए । उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विस्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

विस्फोटक वस्तु निकै शक्तिशाली रहेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए । उनले भने, ‘खुला स्थान विस्फोट भएकाले कम क्षति भएको देखिन्छ, बन्द स्थान वा भवनमा भएको भए निकै ठूलो क्षति हुने देखिन्छ ।’

विस्फोटबाट कारखाना नजिकका घरहरूमा समेत क्षति पुगेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : १२ बजे

६४ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९

नैनीतालका नेपाली मजदुर भन्छन्, ‘नयाँ सरकारबाट स्वेदशमै रोजगारीको आशा राखेका छौँ’

नैनीताल (भारत) । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका ५२ वर्षीय भवानीप्रसाद रेग्मी

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, मुख्य सचेतकमा खुस्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले संसदीय दलको नेतामा

अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँः कावा प्रमुख आयुक्त भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ,

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन