७ पुस २०८२, सोमबार | December 22, 2025

सरकारविरुद्द सामाजिक सञ्जालमा लेखेको भन्दै पाकिस्तानमा पत्रकार पक्राउ



इस्लामबाद । पाकिस्तानी पत्रकार र भिडियो ब्लगर असद अली तूर पक्राउ परेका छन् । संघीय अधिकारीहरूले राज्य र यसका अधिकारीहरू विरुद्ध दुर्भावनापूर्ण अभियान सञ्चालन गरेको आरोपमा उनलाइ गिरफ्तार गरेका हुन ।

उनीहरूका अनुसार सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सरकार विरुद्ध जबरदस्ती, धम्की दिने र हिंसा भड्काउने उद्देश्यका साथ पोष्ट गरेको भन्दै उनी पक्राउ परेको जनाइएको छ ।

संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले दुई दिनअघि तूरलाई ८  घण्टाभन्दा बढी समयसम्म हिरासतमा राखेको थियो, जसमा उनीसँग सोही सबन्धित आरोपमा सोधपुछसमेत गरिएको थियो ।

उनको प्रतिनिधित्व गर्ने वकिल इमान मजारी हाजिरले भने कि उनलाई मंगलबार बिहान इस्लामावादको एक अदालतमा ल्याइएको थियो र त्यसपछि पाँच दिनको लागि हिरासतमा पठाइएको छ ।

‘एफआईएले १० दिन हिरासत मागेको थियो तर अदालतले पाँच दिनको म्याद दिएको छ, हामी यस अवधिमा उहाँलाई सकेसम्म धेरै पहुँच प्राप्त गर्ने प्रयास गर्नेछौं र हामी उहाँको लागि जमानत खोज्ने प्रयास गर्नेछौं,’ उनले भनिन् । मजारी हाजिरका अनुसार कानून प्रवर्तन अधिकारीहरूले यसका लागि पूर्ण सहयोग गरिरहेको छन ।

पत्रकार तुरलाइ फेब्रुअरी २३ मा एफआईएमा हाजिर भएका थिए, जब उनलाइ विश्वास देखाउनको लागि विधिवत रूपमा नोटिस पठाइएको भने थिएन तर पनि उनलाई ८ घण्टा हिरासतमा राखिएको थियो । त्यसपछि सोमवार उनलाई सोमबार उपस्थित हुन २४ घण्टा भित्र अर्को सूचना पठाइएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : २९ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत