३० बैशाख २०८१, आइतबार | May 13, 2024

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुनेछ, छलफलबाटै निष्कर्षमा पुगिने छ, अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ”, उनले भने । बैठकमा राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राखेको उनले जानकारी दिए ।

राष्ट्रियसभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदैछ । उक्त पदमा सत्ता गठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरिरहेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १२ : ४६ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट