२८ माघ २०८२, बुधबार | February 11, 2026

फाइनल खेल्न नपाएपछि साम्बा भन्छिन्- टिमले उपाधि घर लिएर जानेमा विश्वस्त छु



काठमाडौं । महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ ले फाइनल खेल्न नपाए पनि आफु टिमले एकजुट भएर जित हासिल गर्नेमा विश्वास रहेको बताएकी छन् ।

साउदी अरेबियामा आज राति हुने पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) को फाइनलमा साम्बाले क्लबसँगको सम्झौताका कारण खेल्न नपाएपछि सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले टिमले फाइनल जितेर उपाधिसहित घर फर्किने बताएकी छन् ।

साम्बा हाल फ्रान्सको महिला लिग क्लब इए गुइनगाम्पबाट खेलिरहेका छन् । क्लबले फिफा विन्डो अवधि भर उनलाई राष्ट्रिय टिममा खेल्ने अनुमति दिएको र सो अवधि फेब्रुअरी १९ देखि २८ सम्म रहेकाले फाइनल खेल्न नपाएकी हुन् । साम्बा फाइनल अघि राष्ट्रिय टिम छोडेर फ्रान्सतर्फ लागेकी छन्  । उनलाई टिमका सदस्यले बिदाई गरेको एन्फाले जनाएको छ ।

साम्बाले भनेकी छन्-      

देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्त्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला ।

वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।

मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुन: एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।

खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु ।

शुभकामना टिम !
हामी सक्छौं, हामी गर्छौं !

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  ११ : ०६ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले