२८ माघ २०८२, बुधबार | February 11, 2026

भैरहवा भन्सार कार्यालयको सर्भर डाउन हुँदा आयात निर्यात प्रभावित



भैरहवा । भैरहवा भन्सार कार्यालयको सर्भर डाउनहुँदा आयात निर्यात प्रभावित भएको छ । चार घण्टाभन्दा बढी समय भन्सारमा केही काम नभएको व्यवसायीहरुले बताएका छन् । सर्भर डाउन हुँदा भन्सार कार्यालयमा आयात निर्यात गर्दा प्रयोगहुँदै आएको मुख्य डिजिटल प्रविधि सफ्टवेयर आसिकोडाले काम नगर्दा आयात निर्यात नभएको भन्सार एजेन्ट महासंघ नेपालका सचिव कृष्ण प्रसाद घिमिरेले बताए ।

सर्भर डाउन हुने समस्या अहिलेको मात्रै होइन । बेला बेलामा सर्भर डाउन हुने गर्छ । सर्भर डाउन हुँदा आसिकोडा सफ्टवेयर चल्दैन । सफ्टवेयर नचलेपछि आयात निर्यातको कामै ठप्प हुन्छ । यस्तो गम्भिर विषयमा कार्यालय र विभाग कहिले पनि जिम्मेवार देखिने नगरेको सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव समेत रहेका घिमिरेले बताए ।

आयात निर्यात प्रभावित हुनु भनेको राजश्व प्रभावित हुनु हो । समयमै आयात निर्यात नहुँदा राज्यको दैनिक राजश्व संकलन प्रभावित हुन्छ । अर्कोतर्फ व्यवसायीले यातायात शूल्क, पार्किङ शूल्कलगायतका अन्य शूल्कको भार बहन गर्नुपर्ने घिमिरेको भनाइ छ ।

आयात निर्यातका कुनै काम हुन नसकेको गुनासो व्यवसायीबाट आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । भन्सार नाकामा हुनु पर्ने चुस्तता नदेखिएको श्रेष्ठले प्रतिक्रिया दिए । प्रविधि र पूर्वाधार निर्माणमा सुस्त देखिएको उनको भनाइ थियो ।

आधुनिक एवं डिजिटल प्रविधि चुस्त नहुँदा आयात निर्यातका काममा निकै समस्या र चुनौती थपिँदै गएको छ । यस्ले राजश्स्वमा समेत प्रभाव पारेको श्रेष्ठले बताए। सर्भर डाउन हुने र आसिकोडा सफ्टवेयरले काम नगर्ने समस्या देशभरका भन्सार कार्यालयको समस्या हो ।

सरकारले २०७८ माघ १२ गतेदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गरेको थियो विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई क्यासलेस र पेपरलेस बनाउने उद्देश्यले सबै भन्सार कार्यालयहरुम अनलाइन प्रणाली आसिकोडा लागु गरेक थियो ।

भन्सार नाकालाई प्रविधिको माध्यमबा चुस्त बनाइ नाकामा व्यापारलाई सहजीकरण गर्ने उत्कृष्ट अनलाइन प्रणाली आसिकोड लागु गरे पनि सर्भर डाउन भएर काममा सुस्तत आइरहेको व्यवसायीको भनाइ छ ।

आसिकोडा प्रणाली विश्वका ९० बढ देशले लागु गरेका छन् । जसमा नेपालक भन्सार पनि जोडिएको छ। सीमा नाकाबाट सामान आएदेखि जाँचपास, प्रमाणीकरणसम्मक काम त्यहाँ सिस्टमले डिजिटल रूपमै गर्ने हुँद अन्य सफ्टवेयरको आवश्यकता नहुने अपेक्ष व्यवसायीको थियो ।

भैरहवा भन्सार कार्यालयक प्रमुख भन्सार अधिकृत नारद गौतमले यो सभी डाउन र आसिकोडा नचल्ने समस्या केन्द्र बाट भएको तथा भैरहवा भन्सार कार्यालयका सबै प्रविधिले काम गरीरहेको दावी गरे ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहिबार  १२ : ०९ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले