१ पुस २०८२, मंगलबार | December 17, 2025

गठबन्धन टुट्दैन : सभापति देउवा



चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन् । भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताए ।

एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको बताए । पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने स्पष्ट पारे । “कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ”, उनले भने ।

भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी यहाँ आइपुगेका छन् । कार्यक्रममा सहभागी हुन नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि यहाँ आउने कार्यक्रम छ । सोही कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बिहीबार नै यहाँ आइपुगेका थिए ।

नारायणी नदी किनारमा दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ । उद्घाटनअघि आजै भरतपुरका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निकालिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : २० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष