२८ बैशाख २०८३, सोमबार | May 11, 2026

डिडिसीमा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्कियो



काठमाडौं । दुग्ध विकास संस्थान ९डिडिसी०मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ । डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दुध खरिद गर्दै आएपनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्रीहुँदा समस्या देखिएको हो ।

संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डिडिसीमा ठूलो मात्रामा पाउडर दुध र मख्खन थुप्रिएर बस्दा समस्या देखिएको बताए ।

“हामीले मासिक ४२ लाख लिटर दुध विभिन्न किसानमार्फत खरिद गछौँ तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,” उनले भने ।

दैनिक ५० हजार लिटर दुधको मख्खन र पाउडर दुध बनाएर भण्डारण गर्दै आइरहेको उनको भनाइ छ । डिडिसीले गर्मी बढेपछि दहीको बिक्रीवितरण बढ्ने अपेक्षा लिएको छ ।

डिडिसीमा हाल रु सवा एक अर्ब बराबरको पाउडर दुध र मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिए । उनका अनुसार हाल संस्थानमा नौ लाख किलो पाउडर दुध र सात लाख किलो मख्खन मौज्दात रहेको छ ।

संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दुध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै आम उपभोक्तामाझ पु¥याउँदै आएको छ । दुग्ध विकास संस्थान मातहतमात्र हाल देशभर ६४ चिस्यान केन्द्र छन् ।

डिडिसीले हाल गुणस्तरका आधारमा चारण् प्रतिशत घृताशं ९फ्याट० र आठ प्रतिशत ‘एसएनएफ’ रहेको दुधको न्यूनतम ६७ देखि अधिकतम ७२ शुल्कमा खरिद गर्ने गरेको छ । संस्थानले यसरी खरिद गरिएको दुध न्यूनतम प्रतिलिटर रु ८४ देखि अधिकतम रु एक सय २४ सम्म बिक्री गर्दै आएको छ

डिडिसीले दही प्रतिलिटर रु एक सय ५० र घिउ वितरकलाई प्रतिकिलो रु एक हजार ८० मा बिक्री गर्दै आएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  १२ : ३८ बजे

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको