५ श्रावण २०८३, मंगलबार | July 22, 2026

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा



काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर स्थित दुग्ध विकास संस्थान (डिडिसी)बाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले आवश्यक अनुसन्धानका लागि टोली गएर कागजातहरू नियन्त्रणमा लिएको जानकारी दिँदै अनुसन्धानपछि अन्य विषयहरू खुल्ने बताए ।

प्रवक्ता श्रेष्ठले भने, “हामीसँग आइपुगेको विषयमा नियन्त्रणमा लिने, अनुसन्धान गर्ने काम सिआइबीको हो, अनुसन्धानका लागि कागजातहरु लिएका छौँ, अरु कुरा अनुसन्धानपछि नै थाहा हुन्छ ।”

डिडिसीले किसानको करोडौँ रकम भुक्तानी गर्न बाँकी छ । दैनिक एक करोड बक्यौता भुक्तानी थालिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ९ : ५३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं