५ पुस २०८२, शनिबार | December 20, 2025

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु भएपछि जनकपुर-जलेश्वर सडक अवरुद्ध



जकपुरधाम। विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।

जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो भने अन्य चारजना महिला घाइते छन् । घाइतेहरुको जनकपुरमा उपचार भइरहेको छ ।

विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेका महिलाहरुलाई तीव्र गतिमा आएको बसले ठक्कर दिएर कुल्चिएको थियो । दुर्घटनापछि स्थानीयले टायर बालेर जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेर विरोधमा उत्रिएका हुन् । उनीहरुले सडकमा बिजुली पोलसमेत तेर्साएर विरोधमा उत्रिएका हुन् ।

ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्जसमेत गरेको छ । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  २ : ४६ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता