४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादीको निस्कर्ष – विगतको गल्ती स्वीकार्दै वामपन्थी एकताको अध्याय सुरू



विगतको गल्ती स्वीकार्दै वामपन्थी एकताको अध्याय सुरू भयोः माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ती भएको स्वीकार गरेको छ ।

नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकलेले विगतमा वामपन्थी एकता भंग गर्नु गलत भएको स्वीकार गर्दै नयाँ एकताका लागि पहल गरेको हो ।

‘आजै एकताको कुरा त होइन तर फेरि पनि सरकार पुनर्गठनको प्रसङ्गसँगै हिजोको गल्ती स्वीकारेर नेपालको वामपन्थीहरू फेरि एक हुने अध्यायको सुरुवात भएको छ,’ बैठक पछि माओवादी नेता देवेन्द्र पौडेलले भने ।

उनका अनुसार नेकपा एमालेसँग गठबन्धन गर्ने निर्णयमा पुग्ने जनाएको माओवादीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि तत्कालका लागि गठबन्धनमा समेटेर लैजाने भन्ने निर्णय पनि भएको छ ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग देखिएको समस्या र नयाँ गठबन्धन बन्नुका कारणबारे नेताहरुलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ११ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको