१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

प्रधानमन्त्री प्रचण्डको कदम अप्रत्यासित भएको एकीकृत समाजवादीको ठहर



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्ता समिकरण परिवर्तन गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीले अप्रत्यासित कदम भएको निश्कर्ष निकालेको छ । एकीकृत समाजवादीको आकस्मिक बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डको कदमलाई अप्रत्यासित भएको ठहर गरेको हो ।

कांग्रेससहितको गठबन्धन भत्किएर एमालेससहितको नयाँ गठबन्धन बनेपछि बसेको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्रीले चालेको नयाँ कदम आफ्नो पार्टीका लागि अप्रत्यासित भएको बताएका छन् । प्रधानमन्त्रीले चालेको कदम अप्रत्यासित भएको पार्टीले ठहर गरेको बताउँदै उनले प्रधानमन्त्रीले लिएका उदेश्य, निर्णय र प्रक्रिया सार्वजनिक भएपछिमात्र नेकपा एकीकृत समाजवादीले आफ्नो दृष्टिकोण सार्वजनिक गर्ने स्पष्ट पारे ।

एकीकृत समाजवादीले अप्रत्यासित घटना घटेकाले धेरै विषयहरु सार्वजनिक हुन बाँकी रहेको जनाएको छ । साथै सो पार्टीले आफ्ना मन्त्रीहरुलाई नयाँ मन्त्री आउनुअघि नै मन्त्रालयमा गएर विदा हुन निर्देशन दिएको पनि खतिवडाले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ५ : ३० बजे

सम्पत्ति छानबिन आयोगविरुद्ध रिट

काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा

अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन