३ आश्विन २०८३, शनिबार | September 19, 2026

मन्त्रालय भागवण्डा गर्न गठबन्धनको बैठक बस्दै, गृहमन्त्रालय रास्वपाको बटमलाइन



काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न सोमबार बनेको नयाँ सत्ता गठबन्धनको बैठक बस्दैछ।

माओवादी, एमाले, रास्वपा र जसपासम्मिलित चार दलीय गठबन्धनको बैठक दिउँसो ३ बजे बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रालयहरु बाँडफाँडमा सहमति खोजिने छ । गठबन्धनमा एकीकृत समाजवादी र लोसपालाई पनि सम्मिलित गराउन प्रयास भैरहेको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताएका छन् ।

रास्वपाले भने गृहमन्त्रालयलाई आफ्नो बटमलाइन बनाएको छ । गृहसहित चार मन्त्रालय आफुले पाउनुपर्ने अडान सो पार्टीले लिएको छ । माओवादी र एमालेबीच गृहमन्त्रालय र अर्थमन्त्रालय दुई दलले बाँडफाँड गर्ने सहमति भएको बताइएको थियो । तर, रास्वपाले गृहमन्त्रालयमा सभापति रवि लामिछानेलाई नै पठाउने गरी आफ्नो अडान राखेको हो । यही अडान गठबन्धनको बैठकमा पनि राखिने रास्वपाका नेता स्वर्णिम वाग्लेले बताएका छन् ।

नयाँ गठबन्धनबीच सोमबार साँझ आठ बुँदे सहमति भएको थियो । सो सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले पाउनेछन् । यस्तै मन्त्रालय बाँडफाँडलाई पनि सहमतिमै टुंग्याइने सहमति गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ८ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको