७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आज विश्वका मुसलमानले ईदुल अज़हा मनाउँदै, के हो ईदुल अज़हा ?



बुटवल । इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व मुख्य रुपमा प्रचलनमा ल्याएको छ । समुदायमा ईदुल फित्र मुख्य पर्वकारुपमा रहेको छ भने ईदुल अज़हा अर्को महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिएको छ । सामान्य बोलिचालीको भाषामा ईदुल अज़हालाई बकर ईद पनि भन्ने गरिन्छ ।

दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व ईदुल अज़हा धर्म रक्षाका लागि पुर्वजहरुले गरेको बलिदानको सम्झना स्वरुप मनाउने गरिन्छ ।

आजभन्दा चार हजार वर्ष पहिला ईस्लामको धर्मगुरु हजरत इब्राहिमले अल्लाहको सङ्केत पाउँदा आफ्नो छोरालाई ईश्वरको नाममा समर्पणका लागि तयार भएका थिए। त्यही समयमा अल्लाहको कृपाबाट छोराको बदलामा भेडाको कुरबानी गर्ने स्वीकृति भएको थियो। यो कुरबानी गर्नुको अर्थ मुसलमानहरू त्यसै भावनालाई ताजा गर्दछन् जो हजरत इब्राहिमले अल्लाहसमक्ष समर्पण गरेका थिए।

कुरबानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो। अल्लाहका लागि बलिदान दिन तयार छौं भन्ने सन्देश यो पर्वले प्रतिबिम्बित गर्ने गर्दछ ।

ईदुल अज़हाका बिहानै इदगाहामा नमाज पढेपछि नमाजबाट फर्किएर यथाशक्य कुरबानी गर्छन्। सक्नेले राँगो, खसी, बोका लगायतका जनावरलाई अल्लाहको नाममा समर्पण गरेर यो पर्व मनाउने गरिन्छ । कुरबानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरको लागि हो भन्ने भावना जागृत गराउनु हो। कोरोना कहरका कारण ईद उल फित्रमा जस्तै ईदुल अज़हाको नमाज पनि नेपाली मुसलमानहरुले घर मै नमाज पढेर मनाएका छन् । लकडाउन हटेका कारण सानो संख्यामा मुसलमान समुदाय स्वस्फर्त ईदगाहा पुगेका थिए ।

ईद चाड सकिएको अढाई महिनापछि हिजरीको जिहहिला महिनाको १० तारिखका दिन ईद उल अदाहा चाड मनाउँदछ्न् । यस चाडमा नेपाली मुसलमानहरु राँगा, बोकाको बलि दिन्छन् भने अरब र ईस्लाम बाहुल्य देशहरुमा गाईको बलि दिने गर्दछन् । बलिदानबाट आएको मासुलाई तिन भागमा लगाई एक भाग आफुले खान्छ्न् । दोश्रो भाग नाता कुटुम्ब र छरछिमेकलाई बाँडिदिन्छन् र तेस्रो भाग चाँही गरिब असहायहरुलाई दान गर्दछ्न् । जनावरको छाला बिक्रीबाट जम्मा भएको रकम गरीबहरूलाई बाँड्ने चलन पनि रहेको छ।

ईद उद अदाहाका दिन यस दिन बिहान सबै मानिस मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन गर्ने उद्देश्यका साथ घरबाट निस्किन्छन, त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित हुन्छन्। ईदको नमाज मस्जिदबाट अलग्गै बस्तीबाट केही टाढा बाहिर खुला मैदानमा पढिन्छ ।

नमाज पढ्ने स्थानलाई ईदगाहा भनिन्छ । नमाजका लागि जाँदा सबै मुसलमान यो जप पढ्दै हिंड्छन ‘अल्लाहू अक्बर, अल्लाहु अक्बर, लाईलाह इल्लल्लाहु वल्लाहु अक्बर अल्लाहु अक्बर वलिल्लाहिल् हम्द’, यसको नेपाली अर्थ [अल्लाह सबैभन्दा महान् छन्, अल्लाह सबैभन्दा महान् छन्, उनका अतिरिक्त पूज्य कोही छैन, अल्लाह सबैभन्दा महान छन्, अल्लाह सबैभन्दा महान छन्, सबै प्रशंसा अल्लाहकैलागि हुन्] भन्ने बुझिन्छ।

नेपालमा ईद उल अदाहाका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, नेकपा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुबाट शुभकामना व्यक्त गरिएको छ ।

मुस्लिम समुदायले ईद उल अदाहाका दिन सार्वजानिक बिदाको माग गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : ५८ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी