१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

बाँकेको जानकीमा लुटेराको आक्रमणबाट एकजनाको मृत्यु



नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समुहको आक्रमणबाट एकजनाको ज्यान गएको छ । मध्यराती आएका ५-७ जनाको समुहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा उनीहरुको चिर्पट दाउराको प्रहारबाट जानकी ३ रुद्रपुर नयाँबस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको हो ।

चिर्पट दाउराको प्रहारबाट गम्भीर घाइते भएका थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यराती साढे १२ बजेको समयमा कठरियाको घरमा जबरजस्ती प्रवेश गर्न खोजेका समुहको प्रतिकार गर्दा अज्ञात समुहले उनीमाथि चिर्पट दाउराले प्रहार गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्ष सुवास चन्द्र बोहराले बताए । लुटपाटकै उद्देश्यले आएको अनुमान गरिएको सो समुहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजबंशी थारु पनि घाइते भएकी उनले बताए ।

अज्ञात समुहबाट आक्रमण भएको जानकारी प्राप्त भए लगत्तै प्रहरी परिचालन गरिएको र घाइतेको उद्दार सहित खोजी अभियान थालिएको एसपी बोहराले बताए । लुटेराहरुले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खजुरारोडबाट भित्रि सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समह आएको अनुमान गरिएको छ । घटना भएको स्थान नेपालगन्ज उपमहानगरसँग जोडिएको सिमाना क्षेत्रमा पर्दछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ९ : ५४ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक