६ असार २०८३, शनिबार | June 20, 2026

नयाँ गठबन्धन निरन्तर जान्छ : देवेन्द्र पौडेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै पौडेलले वर्तमान गठबन्धनलाई कसैले पनि तोड्न नसक्ने जिकिर गरे ।

“यो गठबन्धन बाँकी चार वर्ष निरन्तर जान्छ, कसैले तोड्न सक्दैन । हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन”, सांसद पौडेलले भने, “मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौँ ।” वर्तमान गठबन्धनमा लामो राजनीतिक अनुभव प्राप्त गरेका तथा आलोचक भएर सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउँदै आएका दल सहभागी रहेको उल्लेख गर्दै उनले वर्तमान सरकारले तीव्र गतिका साथ काम गर्ने विश्वास व्यक्त गरे।

“वर्तमान सरकार कानुन निर्माण तथा मुलुकले भोग्दै आएको समस्या समाधान गर्न सक्षम हुनेछ”, सांसद पौडेलले भने, “राष्ट्र निर्माण गर्ने जिम्मेवारी दलहरुको काँधमा छ, मुलुकको समृद्धि तथा साझा मुद्दामा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्छ ।”

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ३ : ३८ बजे

महाधिवेशनले रास्वपालाई नयाँ ऊर्जा दिनेछ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

लागुऔषधको कारोबारे नियन्त्रण गर्न प्रहरीबाट गोली प्रहार, ३ जना पक्राउ

काठमाडौँ । प्रहरीले गोली प्रहार गरि लागुऔषधका कारोबारेहरुलाई नियन्त्रणमा लिएको

भरतपुरमा रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को औपचारिक अन्तिम बैठक बसिरहेको

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६

सीटीईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रिक्त