४ पुस २०८२, शुक्रबार | December 19, 2025

शुक्रबार बिहान मृत्यु भएकी वीरगन्जकै ५० वर्षीया महिलामा संक्रमण पुष्टि, पर्सामा मात्र मृतकको संख्या १० पुग्यो



वीरगञ्ज । वीरगन्जमा शुक्रबार बिहान मृत्यु भएकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण वीरगन्जमा मात्र मृतकको संख्या १० पुगेको छ ।

नारायणी वयोधा अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी वीरगन्ज  -१६ की स्थानीय ५० वर्षीया महिलामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

गत साउन १४ गते बयोधा अस्पतालमा भर्ना भएकी उनको पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । पीसीआरको रिपोर्ट नआउँदै शुक्रबार बिहान उनको मृत्यु भएको थियो ।

मृतकको शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको थियो । शुक्रबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले पुष्टि गरेको छ ।

मृतक महिलासँगै संक्रमण पुष्टि भएर बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको नगवाकी ६०  वर्षीया महिलाको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ५ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको