२५ असार २०८३, बिहिबार | July 10, 2026

शुक्रबार बिहान मृत्यु भएकी वीरगन्जकै ५० वर्षीया महिलामा संक्रमण पुष्टि, पर्सामा मात्र मृतकको संख्या १० पुग्यो



वीरगञ्ज । वीरगन्जमा शुक्रबार बिहान मृत्यु भएकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण वीरगन्जमा मात्र मृतकको संख्या १० पुगेको छ ।

नारायणी वयोधा अस्पतालमा शुक्रबार बिहान मृत्यु भएकी वीरगन्ज  -१६ की स्थानीय ५० वर्षीया महिलामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

गत साउन १४ गते बयोधा अस्पतालमा भर्ना भएकी उनको पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । पीसीआरको रिपोर्ट नआउँदै शुक्रबार बिहान उनको मृत्यु भएको थियो ।

मृतकको शुक्रबार राति पोजेटिभ रिपोर्ट आएको थियो । शुक्रबार मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले पुष्टि गरेको छ ।

मृतक महिलासँगै संक्रमण पुष्टि भएर बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको नगवाकी ६०  वर्षीया महिलाको अवस्था पनि गम्भिर रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ५ : ५६ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट