६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

अध्यक्ष नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले अध्यक्ष नेपाललाई सो जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

समितिमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने निर्णय गरेको बैठकले नयाँ गठबन्धनमा निर्माण भएको सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई जनमुखी कार्य सम्पादनका लागि निर्देशन दिएको छ ।

महाधिवेशनका लागि पार्टी मातहतका सङ्गठनका गतिविधि, कार्ययोजनाबारे बैठकमा समीक्षा गरिएको थियो ।

बैठकमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनामा समेत छलफल गरिएको थियो । आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा पार्टीको महाधिवेशन गर्न लागिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  १० : २० बजे

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक

काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

ओझेलमा पर्यटकीय रुडुबन्चु पाटन

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० मा पर्ने पर्यटकीयस्थल पाटन रुडुबन्चु

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

गाजापट्टी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई

कार्यदलमा अझै जुटेन सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक