काठमाडाैं । राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै आक्रमण भएको छ । पार्टी कार्यालय धुम्वाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा श्रेष्ठमाथि आक्रमण भएको हो ।
बैठककक्ष बाहिरबाट बाहिरिदा एक समूहले श्रेष्ठमाथि एकाएक आक्रमण भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठ राखेको धारणाका कारण आक्रमण भएको नेताहरुले जनाएका छन् ।
पार्टीको बैठकमा श्रेष्ठले महामन्त्री विक्रम पाण्डेलाई भ्रष्टचारीको संज्ञा दिँदै कडारुपमा आलोचना गरेका थिए । श्रेष्ठले आफूलाई भ्रष्टाचारी भनेपछि पाण्डे बैठकबाट बाहिरिएका थिए । पाण्डे बाहिरिएपछि केही समयका लागि बैठक स्थगित भएको थियो । स्थगित बैठकबाट बाहिर निस्कन लाग्दा श्रेष्ठमाथि आक्रमण भएको हो ।
ठाकुरमोहनको शरीरमा चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुन् । उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए ।
श्रेष्ठमाथि आक्रमण भएपनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रमण गर्नेको पहिचान गर्न निर्देशन समेत दिएका थिए । पार्टीको आन्तरिक एजेण्डाका साथै पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल गर्न दुई दिनदेखि राप्रपाको बैठक बसिरहेको थियो ।




















प्रतिक्रिया