४ पुस २०८२, शुक्रबार | December 19, 2025

लक्षणसहितका संक्रमित धमाधम थपिँदै, भेन्टिलेटर र आइसियूको चरम अभाव



काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ ।

यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ ।

संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, स्टार अस्पताल र त्रिवि शिक्षण अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा पछिल्ला तीन दिनमा ८९ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या ५ सय ८९ पुगेको छ । काठमाडौंमा ४ सय २९, ललितपुरमा ९६ र भक्तपुरमा ५७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितको उमेर समूह १६–५५ वर्ष रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ९५ ओटा आइसियू बेड र ९ सय ओटा भेन्टिलेटर छन् । यस्तै, ३ हजार ७६ आइसोलेसन बेड र २६ हजार ९ सय ३० वटा हस्पिटल बेड रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उपत्यकाका अस्पतालमा ३ सय २ आइसियू बेड छन् । कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारले उपत्यकामा १ सय २० आइसियू बेड थप गर्ने निर्णय गरेको थियो ।

लक्षणसहितका संक्रमित धमाधम भेटिए सरकारसँग धान्ने संरचना छैन । स्वास्थ्य मन्त्रालयका अनुसार २४ जना संक्रमित आइसियूमा उपचाररत छन् । उनीहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिन थालेको छ ।

सरकारले लक्षणविहीन संक्रमितलाई होम आइसोलेसनमा बस्न सकिने बताएको थियो । तर, अब बिस्तारै दैनिक लक्षण देखिएपछि बिरामीहरु अस्पताल पुग्ने गरेको र कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि हुने गरेको पाइएको छ ।

लकडाउन पूर्णतः अन्त्य भएपछि २ हजार २ सय ४१ जना संक्रमित थपिएका छन् । लकडाउन हटेपछि थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : ३३ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज