३० बैशाख २०८१, आइतबार | May 12, 2024

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले यही बुधबार फागुन ३० गते संसदमा विश्वासको मत लिन लागेका छन् ।

कांग्रेसले सो दिन प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न सांसदहरुलाई भनेको छ ।

उक्त दिन अनिवार्य उपस्थित हुन र विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले ह्विप जारी गरेको हो ।

आफुसँगको गठबन्धन अनेपेक्षित तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेपछि कांग्रेसले प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको निस्कर्ष निकालेको थियो । प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  १ : १८ बजे

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै

मधेश सरकारबाट एमाले पनि बाहिरियो

धनुषा । नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ। एमालेबाट

छ दशकदेखि एउटै कुर्चीमा बसेर ज्ञान बाँड्दै लालचन्द्र

बागलुङ । तपाईँलाई आज हामी कम्तिमा ६० वर्ष पुरानो किताब

राष्ट्र बैंक रिपोर्ट : महंगी घट्यो

काठमाडौं । चैत्र महिनामा महंगी घटेको छ । नेपाल राष्ट्र