६ बैशाख २०८३, आइतबार | April 19, 2026

अझै भेटिएनन् कोरोना पुष्टि भएका बुटवलका २ जना पुरुष, उपमहानगरमा आकस्मिक बैठक



बुटवल । कोरोना पुष्टि भएपछि सम्पर्क बाहिर पुगेका बुटवल ६ का २ जना पुरुष आज सम्म पनि फेला परेका छैनन् । शनिबार अबेर सम्मपनि उनीहरु सम्पर्कमा नआएपछि बुटवल उपमहानगर पालिकाको स्वास्थ्य शाखामा अहिले बैठक बसिरहेको छ ।

शुक्रबार आफैले लुम्बिनी प्रादेशीक अस्पतालमा स्वाव दिन पुगेका २ जना शनिबार मध्यन्ह कोरोना पोजिटिभ रिपोर्ट आएको खबर पाएसँगै सम्पर्क बाहिर पुगेका थिए । शनिबार अबेर रातीसम्म पनि उनीहरु सम्पर्कमा नआएको उप महानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए ।

अस्पतालमा बुटवल उपमहानगर ६ ठेगाना टिपाएका २ जनाले अस्पतालमा एनसेलको मोबाईल नम्बर टिपाएका थिए । कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त गर्न अन्तिम पटक अस्पतालको फोन रिसिभ गरेका उनीहरुले त्यस लगत्तै मोबाईल सम्पर्क हुन नसक्ने बनाएका थिए ।

अस्पतालले उनीहरुको स्पष्ट खुल्ने गरि ठेगाना र सम्पर्क गर्ने माध्यमको अभिलेख राख्न नसक्दा समस्या उत्पन्न भएको बताईएको छ । उनीहरु सम्पर्क बाहिर गएसँगै लुम्बिनी प्रादेशीक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमको पनि मोबाईल उठन छाडेको छ । संक्रमितहरु सम्पर्क बाहिर पुगेको खबर सार्वजानिक भए देखि नै हामीले सम्पर्क गर्न खोजेको अस्पतालका प्रवक्ता डा. गौतमको मोबाईल नम्बर ९८६३९३०१०८ शनिबार देखि उठेको छैन ।

प्रहरी श्रोतका अनुसार उनीहरुको मोबाईल लोकेशन बुटवल आसपासमा नभेटिएको पाईएको छ । उनीहरु भारत जानु अघि पीसीआर टेष्ट गर्न आफै प्रादेशीक अस्पताल पुगेको बताईएपनि उनीहरु सम्पर्क बाहिर हुँदा थप जोखिम बढ्ने देखिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : ५७ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय