२९ भदौ २०८३, सोमबार | September 14, 2026

रुपन्देही सुपरलिग : शंकरनगरको जित



भैरहवा । ‘ड्रिम युनिक रुपन्देही सुपर लिग वन-डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बिहीबारको खेलमा शंकरनगर क्रिकेट क्लबले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई पराजित गर्दै जित हात पारेको छ । शंकरनगरले लुम्बिनीमाथि २ विकेटको जित निकालेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा २५ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय १० रनको सामान्य स्कोर खडा गर्यो । उसका लागि अहम्मद हुसेनले २७, बैतुल्लाह खाँनले २४, राहत हुसेनले १३ र अब्दुल रबले १२ रन बनाए । बलिङमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्रीले ९ ओभर बलिङ गर्दै २ मेर्डन राखेर ३७ रन खर्ची ५ विकेट लिए । यस्तै, रुपेश बश्यालले ४ विकेट लिँदा केशब पौडेलले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको शंकरनगरले २९ ओभर ४ बलमा ८ विकेट गुमाउँदै १ सय १३ रन बनायो र जित निकाल्यो । उसको जितमा रौनक श्रीवास्तबले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले ३, बैतुल्लाह खाँन र आकाश गिरीले समान २-२ विकेट लिए । खेलमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्री म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ३३ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा