२० माघ २०८२, मंगलबार | February 3, 2026

देशको सीमा सुरक्षा सरकारको उच्च प्राथमिकता : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।

मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले देशको सीमा सुरक्षाका लागि सरकार गम्भीर भएर लागेको बताएका हुन् ।

थापाले सीमामा ५ सय बीओपी स्थापनाको प्रक्रिया अघि बढाएको जानकारी दिए । त्यसका लागि आवश्यक स्रोत साधानका लागि पहल भईरहेको पनि उनले बताए ।

गृहमन्त्री थापाले कार्यशैलीमा सुधार गर्न गृहमन्त्रालय मातहतका निकायहरुलाई निर्देशन पनि दिएका छन् ।

मन्त्रालयले तय गरेको नीति, कार्यक्रम तथा योजनाको लक्ष्य आधारभुत रुपमा सफल भएपनि पुर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको भन्दै कार्यशैली सुधार्न निर्देशन दिएका हुन्

गृहमन्त्री थापाले भने, ‘‘ हामीले गत आर्थिक वर्षमा निर्धारण गरेका लक्ष्यहरु आधारभुत रुपमा सफलता प्राप्त ग-यौँ तर पुर्ण रुपमा प्राप्त गर्न सकेनौँ । त्यसैले आगामी दिनमा अहिलेका कमजोरीहरु सुधार गरेर पुर्ण लक्ष्य प्राप्त हुनेगरी काम गर्नुहोस् ।’

अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमामात्रै काम सक्ने परिपार्टीको अन्त्य गर्न उनले निर्देशन दिए ।

राष्ट्रको सुरक्षा, नागरिकको जिउ, धनको सुरक्षाको जिम्मेवारी लिएको गृहमन्त्रालय संवेदनशिल मन्त्रालय भएकोे टिप्पणी गर्दै गृहमन्त्री थापाले मन्त्रालयको कामकारवाही पनि संवेदनशिल भएरै निर्वाह गर्नुपर्ने बताए । उनले तोकिएका लक्ष्य, काम कारवाही हासिल गर्न नसक्नुको कारण खोजिनुपर्ने भन्दैै त्यस्ता कार्य दोहरिए कारवाही गर्ने चेतावनी समेत दिए ।

कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले पहिलो चौमासिकभित्रै सबै निकायले आफ्ना कार्यक्रम, योजना निर्माण तथा बोलपत्र आह्वानका काम सकेर दोसो चौमासिकबाट परिणाम आउने गरी काम गर्न निर्देशन दिए ।

बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिले गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन सन्तोसजनक देखिए पनि पुँजिगत खर्च निकै कम भएको भन्दै सुधार गर्न आग्रह गरेका थिए ।

बैठकमाअध्यागमन विभागमा बायोमेट्रिक पहिचान सहितको नेपाली पोर्ट सुरु भएको, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि डिएमएस सूचना प्रणलीको प्रयोग गरिएको, कैदिबन्दीलाई सीपमुलक तालिम प्रदान सुरु गरिएको, ३६ स्थानमा सिमामा सुरक्षाका लागि थप बिओपी स्थापना गरिएको लगायतका कार्य विवरण प्रस्तुत गरिएको थियो ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायहरुले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : १६ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको