१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित



काठमाडौं। प्रतिनिधिसभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव बहुमतले पारित गरेको हो ।

आइतबार अन्सारीको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते हृदयघातका कारण निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।

सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका थिए । २०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : २७ बजे

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष