२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ



बुटवल । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महारा पक्राउ परेका छन् ।

विद्युृतीय चुरोट भेपमार्फत सुन तस्करीको अभियोग लागेका महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । महरालाई भैरहवाबाट काठमाडौं लैजाने तयारी गरिएको प्रहरी स्रोतले बताएको छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । महारासँग आयोगले यसअघि बयान समेत लिएको थियो ।

गृहमन्त्री रवि लामिछानेले आयोगको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सो प्रतिवेदन बुझाएका थिए । प्रधानमन्त्री प्रचण्डले आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए । सोहीअनुसार गृहमन्त्री लामिछानेले आइतबार  प्रहरीको उच्च नेतृत्वलाई महरालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

यही अभियोगमा महराका कान्छा छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : ३५ बजे

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई

रोशी खोलामा फसेका ५ माइक्रोबससहित ८९ यात्रुको सकुशल उद्धार

काभ्रेपलाञ्चोक । अविरल वर्षापछि पानीको बहाव बढ्दा रोशी खोलामा फसेका

अन्तुपोखरी : भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम । इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी

वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै, कोशी र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । वर्षा गराउने प्रणाली क्रमशः पश्चिमबाट पूर्वतर्फ सर्दै गैरहेको