४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेमा थपिए १२ संक्रमित, २ जना चिकित्सक र ५ जना अदालतका कर्मचारीमा पनि कोरोना पुष्टि



नेपालगन्ज । बाँकेमा दुई जना चिकित्सक र ५ जना अदालतका कर्मचारी सहित १२ जनामा कोरोना सक्रमण देखिएको छ ।

नेपालगन्जको राँझास्थित सैनिक अस्पतालमा भएको स्वाब परीक्षणका क्रममा चिकित्सकमा कोरोना पोजेटिभ भएको बताईएको छ । सैनिक अस्पतालका अनुसार एक जना नेपालगन्ज २० का र एक जना टिकापुरका चिकित्सकलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा जिल्ला अदालत बाँकेका ५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।

बाँकेमा नेपाली सेनाका डाक्टर १ जना र अदालतका ५ गरी ६ जना तथा भेरी अस्पतालको प्रयोगशालामा अन्य स्थानका ६ जना गरि १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

भेरी अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशालामा अलिलेसम्म २२ हजार ७ सय ६ वटा नमूना संकलन भैसकेको छ । २२ हजार ४ सय नमूनाको परीक्षण सकिएको छ । प्रयोगशालामा परीक्षण गरेकाहरु मध्य ८ सय८५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको