१३ श्रावण २०८३, बुधबार | July 29, 2026

वनभोज कार्यक्रम सम्पन्न



बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका-५ कुसुमखोला दर्लाम डाँडामा जन्म भई हाल विभिन्नि पेशा व्यवसाय गरी विभिन्न शहरमा बस्दै आएकाहरु बीच शनिबार तिलोत्तमामा भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।

भेलाले दर्लाम डाँडामा जन्मिएर हाल देशका विभिन्न ठाउँ तथा विदेशमा समेत रहेकाहरु बीचको एकताका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

कपिल आचार्यको संयोजकत्वमा गठित समितिमा तिलकराम आचार्य, राधा आचार्य (भुषाल), मञ्जु नेपाल र लिला आचार्य सदस्य रहेका छन् । भेलामा बुटवल, तिलोत्तमा, नवलपरासी, कपिलवस्तु, काठमाडौं लगायतका ठाउँहरुलाई कर्मथलो बनाएर बस्दै आएका व्यक्तिहरु सहभागी भएका थिए । सो अवसरमा ९४ वर्षकी दुर्गादेवी राना, ८६ वर्षीय नेत्रप्रसाद अचार्य, ८० वर्षका कृष्णप्रसाद अचार्य, पूर्व शिक्षक लक्ष्मीप्रसाद आचार्य लगायत ६० वर्षमाथिका १६ जना वृद्ध-वृद्धालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा दर्लाम डाँडामै जन्मिएकी बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी आचार्यले भावनात्मक रुपले सबै एक ठाउँमा उभिनु सकारात्मक भएको उल्लेख गरिन् । आफ्नो माईति गाउँका व्यक्तिहरु एक ठाउँमा उभिएको देख्दा आफूलाई समेत खुसी लागेको उनले बताइन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : १९ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ