३ आश्विन २०८३, शनिबार | September 19, 2026

स्टन्ट गर्नेहरुलाई मैले आफ्नो चरित्रको सर्टिफिकेट बुझाउनु पर्दैन : विनोद चौधरी



काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं उद्योगी विनोद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरूलाई बुझाउन आवश्यक नरहेको बताएका छन्।

बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित भइ बयान दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले स्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट बुझाउन आवश्यक नभएको बताएका हुन् । चौधरीले आफु संसदमै भएको बेलामा तीन मिनेटभित्र अनुसन्धानको बारेमा संचारमाध्यमहरुलाई जानकारी गराएर स्टन्ट गर्न खोजिएको आरोप लगाए । यसबाट के उद्देश्य हो भन्ने प्रष्ट हुन्छ उनले भने । ‘मलाई यहाँ आउन मौखिक रुपमा जानकारी गराइयो’, उनले भने, ‘म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले म यहाँ सहयोग गर्न उपस्थित भएँ ।’

सांसद चौधरीले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै सरकारले उद्यमी र लगानीकर्तामाथि राजनीतिकरण गरेको आरोप समेत लगाए । उनले सरकारले उद्यम र उद्यमी तथा करदातामाथि राजनीतिकरण गरेर नराम्रो गरेको बताए । ‘राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको छ’ उनले भने, ‘यसबाट नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरूले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्ने कुराको हेक्का राज्यले राख्नुपछ ।’

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  २ : ३४ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको