३ पुस २०८२, बिहिबार | December 18, 2025

स्थानीय तहका फ्रन्ट लाईनका कर्मचारीमा धमाधम संक्रमण पुष्टि, नेपालगन्जमा स्थानीय ब्यवसायीमा पनि संक्रमण देखिन थाल्यो



नेपालगन्ज । बाँकेमा आज फेरी ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९ जना बाँकेका हुन् भने २ जना सल्यानका हुन् । आज संक्रमण पुष्टि भएकाहरुमा ९ जना नेपालगन्जका स्थानीय बासिन्दा भएका स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१ का २ जना, वडा नम्बर–४ का २ जना, वडा नम्बर २० का २, वडा नम्बर १० का १, वडा नम्बर १४ का १, वडा नम्बर १७ का १ जना रहेका छन् । वडा नम्बर १० मा ३० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो ११ जना कोरोना संक्रमितमा अधिकांश स्थानीय तहका कर्मचारी रहेको पाइएको छ ।
आज पुष्टि भएका वडा नं. १४ र १८ नम्बरका दुई जना वडा सचिव, नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत, सरसफाई शाखा प्रमुख, आइटी अधिकृत, वडा कार्यालयका कम्प्यूटर अपरेटर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनले १ जना जग्गा व्यवसायी र १ जना मार्बल टायल पसलेमा पनि संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज पुष्टि भएका संक्रमितको स्वाव केही नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र केहीको नगर भवनमा संकलन गरिएको थियो ।

भेरी अस्पताल नेपालगन्जले पछिल्लो पटक सय जनाको पीसिआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ४ : ०५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका