२ पुस २०८२, बुधबार | December 17, 2025

आईपीएल : लखनउमाथि राजस्थान २० रनले विजयी



काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ ।

राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो । योसँगै राजस्थानले खेल २० रनले जितेको थियो ।

लखनउका लागि निकोलस पुरनले ६४ र कप्तान केएल राहुलले ५८ रनको अर्धशतकीय पारी खेले पनि जित भने दिलाउन सकेनन् । लखनउका लागि दीपक हुडडाले २६ रन बनाएका थिए ।

त्यस्तै राजस्थानका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए भने नान्ड्रे बर्गर, आर आश्विन, युजवेन्द्र चहल र सन्दीप शर्माले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले अर्बधिक ८२ रन बनाएका थिए । सामसनले ५२ बलमा ८२ रन बनाउदै अविजित रहेका थिए । त्यसैगरी रियान परागले ४३ रनको महत्वपूर्ण योगदान दिएका थिए भने यशस्वी जैसवालले २४, जोस बटलरले ११ तथा ध्रुव जुरेलले अविजित २० रन बनाएका थिए ।

त्यसैगरी लखनउका बलर नवीन उल हकले २ विकेट लिएका थिए भने मोशिन खान र रवि विश्नोईले एक एक विकेट लिएका थिए ।

यो जितपछि राजस्थान रोयल्सले महत्वपूर्ण २ अंक जितेको छ भने लखनउले हारसँगै सिजनको शुरुवात गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ८ : १७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका