१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेज्यूले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको छुट पाउनेछन् ।

बैंककोे डेबिट/क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनै पनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न माछापुच्छ्रे बैंकले जनाएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लिका १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत रहेका छन् ।

२९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पीओएस मेशिन मार्फतबाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ६ : ५२ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,