१२ असार २०८३, शुक्रबार | June 26, 2026

नेपालमा वार्षिक ३५ सय मेट्रिक टन मात्रै मह उत्पान, माग भने ८ हजार मेट्रिक टन



सर्लाही। ‘दैनिक गरौं मह सेवन, हुन्छ स्वास्थ्य दीर्घ जीवन’ भन्ने नाराको साथ सर्लाहीमा १८ औं राष्ट्रिय मह दिवस मनाइएको छ।

नेपाल मौरीपालक महासंघ सर्लाही शाखाको आयोजनामा जिल्लाको हरिवन नगरपालिकामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा वक्ताहरूले महको उपयोगीता र यसले मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका विषयमा आफ्नो धारणा राखेका थिए ।

‘आफ्नो स्वास्थ्य आफ्नै हातमा, शुद्ध मह सधैं साथमा, खाऔं आफ्नो बारीको, नखाऔं सिमा पारी’ को भन्ने कार्यक्रमको मूल नारा रहेको थियो । सर्लाहीमा करिब ३ सय जना मौरीपालक किसान रहेको भए पनि हाल १ सय जना सक्रिय रहेका नेपाल मौरीपालक महासंघ सर्लाहीका अध्यक्ष डम्बरदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार सर्लाहीमा वार्षिक सालाखाला २ सय मेक्ट्रिक टन मह उत्पादन हुने गरेको छ। उत्पादित मह सर्लाहीसहित काठमाडौं देशका अन्य स्थानमा पुग्ने गरेको नेपाल मौरीपालक महासंघका केन्द्रीय सदस्य हेमराज देवकोटाले जानकारी दिए ।

उनका अनुसार विगतका वर्षमा सर्लाहीमा वार्षिक ७ सय ८० मेक्ट्रिकटन सम्म मह उत्पादन हुने गरेको र उत्पादित मह डावर नेपाल र सालट्रिनिङलाई बिक्री वितरण गरिएको थियो ।

जलवायु परिवर्तन, वन विनाश (डडेलो) र किसान प्रति राज्यले गर्ने गरेको बेवास्ताका कारण मह उत्पादनमा ह्रास आएको केन्द्रीय सदस्य देवकोटाले बताए । पछिल्लो समय तेस्रो मुलुकबाट निर्बाधरूपमा भित्रने गरेको मह जस्तै गुलियो पदार्थका कारण यहाँका किसानले महको उचित मूल्य प्राप्त गर्न नसकेको मौरी किसानहरूले बताए ।

नेपालमा वार्षिक ३ हजार ५ सय मेट्रिक टनको हाराहारीमा मह उत्पादन भएको छ । यहाँ वार्षिक ८ हजार मेट्रिक टन भन्दा बढी महको माग रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : ३१ बजे

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका

महामन्त्री पदका आकांक्षी चार नेताद्वारा विपिन आचार्यलाई समर्थन 

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत महामन्त्री

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल