४ पुस २०८२, शुक्रबार | December 19, 2025

भीरबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु



पाँचथर । भीरबाट झरेको ढुङ्गा लागेर पाँचथरमा एक वृद्धको मृत्यु भएको छ ।

फिदिम नगरपालिका–११ का ८२ वर्षीय हरिप्रसाद श्रेष्ठको सोही वडाको सेजेपामा बाटो हिँडिरहेको अवस्थामा ढुङ्गाले लागेर मृत्यु भएको हो । आइतबार सामाजिक सुरक्षा भत्ता लिन फिदिम आएका उनि घर फर्कने क्रममा टाउकोमा चोट लागेको अवस्थामा सडकमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आइतबार फिदिममै आफन्त कहाँ बसेर सोमबार बिहानै घर फर्कने क्रममा सडकमाथिको भीरबाट झरेको ढुङ्गाले लागेर श्रेष्ठको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

मृतक श्रेष्ठको आजै जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको उनले बताए । रासस

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ५ : ४८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज