१३ श्रावण २०८३, बुधबार | July 29, 2026

भीरबाट झरेको ढुङ्गाले लागेर एक जनाको मृत्यु



पाँचथर । भीरबाट झरेको ढुङ्गा लागेर पाँचथरमा एक वृद्धको मृत्यु भएको छ ।

फिदिम नगरपालिका–११ का ८२ वर्षीय हरिप्रसाद श्रेष्ठको सोही वडाको सेजेपामा बाटो हिँडिरहेको अवस्थामा ढुङ्गाले लागेर मृत्यु भएको हो । आइतबार सामाजिक सुरक्षा भत्ता लिन फिदिम आएका उनि घर फर्कने क्रममा टाउकोमा चोट लागेको अवस्थामा सडकमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आइतबार फिदिममै आफन्त कहाँ बसेर सोमबार बिहानै घर फर्कने क्रममा सडकमाथिको भीरबाट झरेको ढुङ्गाले लागेर श्रेष्ठको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

मृतक श्रेष्ठको आजै जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तको जिम्मा लगाइएको उनले बताए । रासस

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ५ : ४८ बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन