३० बैशाख २०८१, आइतबार | May 12, 2024

बुटवलका यातायात व्यवसायीलाई चुनाव लाग्यो, दधिराम खरेल नेतृत्वको प्यानल घोषणा



बुटवल । नेपालकै ठुलो मध्यको यातायात व्यवसायीहरुको कम्पनी पश्चिम नेपाल बस व्यवसायी प्राली आवद्ध यातायात व्यवसायीहरु नयाँ नेतृत्वका लागि चुनावमा होमिएका छन् । लामो समयदेखि यातायात व्यवसायीहरुको नेतृत्व गर्दै आएका दधिराम खरेलले पुनः नेतृत्वको दाबी गर्दै आफ्नो नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरेका छन् । व्यवसायी समितिलाई कम्पनीमा परिणत गरेपछि हुन गइरहेको दोस्रो अधिवेशनमा ‘जसको नीति उसको नेतृत्व’ भन्ने नारा सहित खरेलको नेतृत्वमा प्यानल घोषणा गरिएको छ ।

आज पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको खरेल नेतृत्वको प्यानलले आफ्नो समुह सक्षम, दुरदर्शी, अनुभवी संयुक्त व्यवसायीहरुको प्यानल भएको दाबी गरेको छ । बुटवलमा आज घोषणा गरिएको संयुक्त प्यानलबाट हालका अध्यक्ष दधिराम खरेललाई अध्यक्षमा अघि सारिएको छ भने सञ्चालक समितिमा जीवन कुमार बञ्जाडे, मोहन पि.एस. रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपाल बहादुर पौडेल, चेत नारायण बेलबासे, रामचन्द्र भुसाल र सुरेन्द्र श्रेष्ठको उम्मेदवारी सार्वजनिक गरेको छ । प्रा.लीको दोस्रो अधिबेशन चैत १६ र १७ गते हुंदैछ ।

प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार दधिराम खरेलले प्रा.लिलाई अझ सक्षम र सुदृढ बनाउंन आफ्नो उम्मेदवारी दाहोरिएको बताए । उनले आफ्नो पहिलो कार्यकालमा समितिबाट कम्पनीमा जांदा धेरै ठुलो आर्थिक भार परेको अवस्थामा त्यसलाई समधान गरेर कम्पनीलाई सक्षम बनाएको दाबी गरे । दुर्घटना न्यूनिकरण, सवारी साधनको विमा पोलिसलाई अझ चुस्त बनाउन आफ्नो नेतृत्वको टिमले काम गर्ने सो अवसरमा उनले प्रतिबद्धता जनाए ।

उनले कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायिकको पक्षमा काम गर्न समितिकै सदस्यहरुले दिएको जिम्मेवारी पूरा गर्न अध्यक्षमा पुनः उम्मेदवारी दिएको बताए । कम्पनी सफल हुनुमा नेतृत्वकर्ताको मात्र भूमिका नहुने उल्लेख गर्दै खरेलले स्प्रीडमा काम गर्ने सक्षम टिम आफु संग रहेको जिकिर गरे ।

व्यवसाय सञ्चालन नगर्ने तर नेतृत्वमा आउन खोज्नेहरुबाट कम्पनीले उल्लेख्य सफलता हात नपर्ने भन्दै खरेलले आफ्नो टिम व्यवसायीहरुको मात्र टिम रहेको बताए ।

संयुक्त प्यानलका चुनाव प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सापकोटाले जुझारु र युवा नेतृत्वको टिमलाई कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायीको पक्षमा काम गर्ने बताए । २ दिन सम्म चल्ने अधिबेशनमा कम्पनीमा आबद्ध २ हजार २ सदस्यले मतदान गर्नेछन् ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरुको यातायात व्यवसायमा ४ अर्ब बढी लगानी रहेको छ भने १० हजार कर्मचारी र यातायात मजदुरहरुले सो कम्पनीबाट रोजगारी पाएका छन् । कम्पनीले हाल २ हजार २ वटा बसबाट देशका बिभिन्न स्थानहरुमा यातायात सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ९ : ३३ बजे

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट

मङ्गलबारसम्म संसद्को गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै