३१ असार २०८३, बुधबार | July 15, 2026

कर्तव्य ज्यान मुद्धाका फरार मल्लाह १८ वर्ष पछी पक्राउ



बुटवल । रुपन्देही प्रहरीले हत्या गरेर फरार भएका एकजना अभियुक्तलाई घटना भएको १८ वर्षपछि पक्राउ गरेको छ । ६२ सालमा हत्या गरेर फरार रहेका रुपन्देही साविक गंगोलिया गाविस वडा नं ०५ हाल तिलोत्तमा नगरपालिका वार्ड नं. १७ दरखसवाका रामपृत मल्लाहलाई प्रहरीले आज पक्राउ गरेको हो । भारतबाट नेपाल आउँदै गरेका मल्लाहलाई बेलहिया नाकाबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६२ साल पुस ९ गते मध्यराती साविक गंगोलिया वडा नं ०५ हाल तिलोत्तमा नगरपालिका वार्ड नं. १७ दरखसवा बस्ने जंग बहादुर यादवलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरी मल्लाह सहितको समुह फरार भएका थिए । रातीको २ बजेको समयमा मल्लाह लगाएतका व्यक्तिहरुले यादवलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानी हत्या गरी फरार रहेको भन्ने घटना सम्बन्धमा सोही समय देखी फरार रहेका कसूरदारहरुलाई खोज तलास एवम् अनुसन्धान गर्दै सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया स्थित भारतबाट नेपाल तर्फ आउने क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले घटनाको १८ बर्ष पछी पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।

पक्राउ परेका मल्लाहलाई रुपन्देही जिल्ला अदालत रुपन्देहीमा पेश गरेकोमा अदालतको आदेशले दिन १० म्याद थप गराई इलाका प्रहरी कार्यालय बुटवलबाट अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए । ३४ वर्षको उमेरमा हत्यामा संलग्न भएका मल्लाह ५२ वर्ष हुँदा पक्राउ परेका हुन् ।

जग्गाको सिमा विवादमा आपसी झगडा हुँदा रिस साँधेर बसेका मल्लाहले ६२ पुस ९ गते मध्यराती यादवलाई गोली प्रहार गरि फरार भएको प्रहरीको भनाई छ । घटनापछि भारतको ग्रामिण वस्तीमा खेती किसानी गरि बस्दै आएका मल्लाह आज नेपाल प्रवेश गरे लगत्तै पक्राउ परेका हुन् । मल्लाहले आफ्नो परिवार समेतलाई भारतमै लगेर बसालेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १० : ४८ बजे

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली