२० मंसिर २०८२, शनिबार | December 6, 2025

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासो- ‘सरकारले घोषणा गरेको पुरस्कार अझै पुरा पाएनौं’



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको पुरस्कार राशीको ५० प्रतिशत रकम अझै नपाएको गुनासो गरेका छन् ।

भारतमा मैत्रीपूर्ण टी-२० खेल्न जानु अघि गरिएको बिदाई समारोहमा कप्तान पौडेलले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई सरकारले यस अघि घोषणा गरेको पुरस्कार राशि अहिलेसम्म ५० प्रतिशत नपाएको गुनासो गर्दै छिट्टै पाउने आशा व्यक्त गरे ।

रोहितले मन्त्री श्रेष्ठलाई भने- ‘सरकारले हामि सबैलाई रिवार्डको रुपमा रकम दिने तोक्नु भएको थियो । तर अहिलेसम्म ५०-६० प्रतिशत मात्र पाएका छौं । त्यस्तै टी-२० विश्वकपमा छनौट भएको पनि सरकारले पुरस्कार रकम घोषणा गरेको छैन, अझै विश्वकप आउन एक महिना बाँकी छ । तपाइँले यो विषयमा हेर्नु हुने छ भन्ने हामीलाई विश्वास छ ।’

नेपाली क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

नेपाली क्रिकेट टिम भारतबाटै ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जाने क्रममा आज बिदाई गरिएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  २ : ३३ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति