२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित



काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजति गरेको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२३ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै २०१ रन बनाएको थियो ।

नेपालका लागि लोकेश बमले आक्रामक ब्याटिंग गर्दै ५५ बलमा १०६ रन बनाएर आउट भएका थिए । त्यस्तै आरिफ सेखले ४९ रन बनाए । नेपालले आफ्ना पछिल्ला ७ विकेट १२ रन बनाएर गुमाएपछि खेल हारेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ५ विकेट गुमाउदै २२२ रन बनाएको थियो ।

आयरल्याण्ड वोल्भ्सका लागि पेटर मूरले सर्बाधिक ४९ रन बनाए भने काड कारमाइकल र कप्तान निल रकले ३८-३८ तथा स्टेफेन डोहेनीले ३४ तथा ग्यारेथ डेलानीले ३० रन बनाएका थिए । त्यस्तै गाभिन होयले ६ बलमा १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाल ए का बलर कमल सिंह ऐरीले सर्बाधिक ३ विकेट लिए भने सागर ढकाल र आरिफ सेखले एक एक विकेट लिएका थिए ।

योसँगै सिरिजमा आयरल्याण्ड वोल्भ्सले १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल भोलि हुने छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ४ : ४२ बजे

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा