१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

बागमती प्रदेशमा दोश्रो पटक मन्त्रिपरिषद् विस्तार



हेटौंडा । बागमती प्रदेश सरकार विस्तारको गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार मन्त्रिपरिषद् विस्तार, पुनर्गठन र कार्यविभाजन गरेका हुन्।

प्रदेश प्रमुख शर्मासमक्ष प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नेकपा (एमाले)का संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्री पदको शपथ लिएका हुन्।

प्रदेश सभाको दोश्रो कार्यकालमा दोश्रो पटक मन्त्री बनेका थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।

नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले दोश्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

यसअघि बिहीबार मुख्यमन्त्री जम्कट्टेलले हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए।

विश्वासको मतका लागि सङ्ख्या जुटाउन लाग्दै आएका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा बज्राचार्य मन्त्री बनेसँगै नयाँ बनेको समीकरणका लागि विश्वासको मतका लागि बहुमत पुग्ने देखिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ९ : ०७ बजे

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकियो : कृषिमन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौं । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै