१८ चैत्र २०८२, बुधबार | April 1, 2026

पश्चिम नेपाल बस व्यवसायी प्रालीमा दोस्रो कार्यकालका लागि पनि दधिराम खरेल नेतृत्वको प्यानल विजयी



बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रालिमा वर्तमान अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल नै विजयी भएको छ । प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट दास्रो कार्यकालका लागि पनि अध्यक्ष दधिराम खरेल सहितको टिम निर्वाचित भएको हो ।

शनिबार बेलुकी साढे ९ बजे सकिएको मतगणनामा खरेल नेतृत्वको पुरै प्यानल विजयी भएको हो । निर्वाचनमा खरेलसहितको एउटा प्यानल र पदमराज गाहा नेतृत्वको अर्को प्यानलले चुनावी प्रतिष्पर्धा गरेका थिए ।

मतगणनाको अन्तिम परिणाममा दधिराम खरेल १ हजार ४ सय ३६ मत ल्याइ अध्यक्षमा विजयी भएका हुन् । मत परिणाम अनुसार सञ्चालकहरुमा रामचन्द्र खडका १ हजार २ सय ८३, जितेन्द्र खत्री १ हजार ३ सय ३१, नारायणप्रसाद भण्डारी १ हजार२ सय ५१, नारायणप्रसाद घिमिरे १ हजार २ सय ६३, गोपालबहादुर पौडेल १ हजार ३ सय ८६, चेतनारायण बेलबासे (गोली नारायण) १ हजार ३ सय २६ मत ल्याइ विजयी भएका छन् ।

त्यसैगरी रामचन्द्र भुसाल १ हजार ४ सय ६७, सुरेन्द्र श्रेष्ठ १ हजार ३ सय ८४, मोहन पिएस १ हजार ४ सय ४० र जीवनकुमार बन्जाडे १ हजार ३ सय ४७ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ । खरेको प्रतिद्वन्द्वी बनेका पदमराज गाहाले भने जम्मा ६५९ मतमा चित्त बुझाए ।

त्यस्तै रुट नम्बर १ खमा जिवन रेग्मी, २ मा विधानराज श्रेष्ठ, ३ मा विजयकुमार तिवारी, ८ मा सागर पिएस र १६ मा लिलाधर खराल निर्विरोध भएका छन् भने रुट नम्बर ४ मा थम्मनबहादुर बस्नेत, ५ मा कमलबहादुर क्षेत्री, ६ मा रामभगत चौधरी, ७ मा शंकर ज्ञवाली (प्रकाश), ९ मा हिमाल श्रेष्ठ, १० मा युवराज नेपाल, ११ मा सुर्यप्रकाश ढुंगाना, १२ मा मनबहादुर पौडेल, १३ मा टेकराज भट्टराई (रामु), १४ मा डोरनाथ ढकाल र १५ मा प्रकाश बन्जाडे विजयी भएको निर्वाचन समिति संयोजक रामराज पोखरेलले जानकारी दिए । 

पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरुको यातायात व्यवसायमा ४ अर्ब बढी लगानी रहेको छ भने १० हजार कर्मचारी र यातायात मजदुरहरुले सो कम्पनीबाट रोजगारी पाएका छन् । कम्पनीले हाल २ हजार २ वटा बसबाट देशका बिभिन्न स्थानहरुमा यातायात सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ११ : ०४ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको

कांग्रेस अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ

रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी । रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक