७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिंदै



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिंदै छन् । आज दिउँसो ४ बजे प्रदेश सभा भवनमा बोलाइएको प्रदेशसभाको बैठकबाट चौधरीले विश्वासको मत लिने भएका हुन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार दिउँसो ४ बजे प्रदेशसभाको चौथो अधिबेसन सुरु हुने र सभाबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी गत वैशाख १४ गते माओवादी केन्दै सहितका दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । दाङको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित मुख्यमन्त्री चौधरीलाई काँग्रेस – माओबादी गठबन्धन भत्किएसँगै नेकपा माओवादी केन्द्रले दिएको समर्थन फागुन २३ गते फिर्ता लिएको थियो ।

मुख्यमन्त्री चौधरीले आफ्नो पक्षमा विश्वासको मत जुटाउन साना दलहरुसँगको छलफललाई तिब्र पारेका छन् भने नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा संसदीयदलका नेता जोखबहादुर महराले आफ्नो पक्षमा बहुमत जुटिसकेको दाबी गर्दै आएका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद निलम्बित अवस्थामा रहेका कारण प्रदेशसभामा ८६ सदस्य मात्रै बाँकी छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ८ : ४९ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक

काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत