७ श्रावण २०८३, बिहिबार | July 23, 2026

होटललाई उद्योगको मान्यता दिलाउन पहल गर्छु : पर्यटनमन्त्री तामाङ



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले पर्यटनको महत्वपूर्ण पाटो होटल क्षेत्रलाई उद्योगको मान्यता दिलाउन पहल गर्ने बताएका छन् ।

होटल सङ्घले सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रालाई समेटेर तयार पारेको पात्रो सार्वजनिक गर्दै उनले होटल क्षेत्रको विकास र विस्तारका लागि होटललाई उद्योगका रुपमा मान्यता दिलाउन लागि पर्ने विश्वास व्यक्त गरे ।

व्यवसायीले होटल क्षेत्रमा ठूलो लगानी भएकाले यो क्षेत्रलाई उद्योगको रुपमा कानुनी मान्यता दिलाउन माग गर्दै आएका छन् । पर्यटनमन्त्री तामाङले चाडपर्व तथा जात्रा लक्षित पात्रोको माध्यमबाट मुलुकको पर्यटन प्रवर्द्धन हुनुका साथै विदेशी पर्यटक आकर्षण गर्ने उपयुक्त माध्यम भएको बताए । उनले आतिथ्यता सम्बन्धी ‘क्लाउडवेस इ–लर्निङ’ तालिम कोर्षहरु पनि अपलोड गरी शुभारम्भ गरे । यस कोर्षबाट दूरदराजमा रहेका साना तथा मझौला होटलमा कार्यरत कामदार तथा कर्मचारीलाई दक्षता र सीप विकास गराउन सघाउ पुग्ने उनले बताए ।

सो अवसरमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको चाडपर्व तथा जात्राबारे विदेशीले जानकारी लिने गरेकोले पात्रो प्रकाशित गरिएको बताए । उनले स्वदेशी तथा विदेशी प्रतिष्ठित टूरअपरेटरका साथै गैरआवासीय नेपाली सङ्गठन तथा विदेशस्थित नेपाली नियोगमार्फत् पनि वितरण गरी पर्यटन प्रवर्द्धन गरिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ७ : ०३ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा