१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

वैशाख पहिलो सातादेखि ई-ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्दै



काठमाडौं । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशमा सेवा विस्तार गर्ने भएको छ ।

विगत ६ महिनादेखि काठमाडौं उपत्यकामा मात्रै सिमित ई–ड्राइभ नेपालले बैशाख पहिलो साता देखि लुम्बिनी प्रदेशको भैरहवा र बुटवलमा सेवा विस्तार गर्न लागेको हो । ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले राइड सेयरिङ सेवामा नेपाली कम्पनी मार्फत काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सी र बाइक मार्फत दिइरहेकोे सेवा अब ई–ड्राइभ नेपालले लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा विस्तार गर्न लागिएको बताए ।

अध्यक्ष मास्केले राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र बीमाका कागजात सहित आबद्धताका लागि निःशुल्क आवेदन खुला गरी दर्ता प्रक्रिया शुरु गरिएको बताए । उनले ट्याक्सी र बाइक राइडरले कागजी प्रक्रिया पुरा गरी ई–ड्राइभ नेपालमा आवद्ध हुन सकिने बताए ।

उनका अनुसार ई–ड्राइभले काठमाडौं उपत्यकामा अन्य भन्दा फरक तरिका अपनाएर सेवा दिइरहेको छ । उनले आफुहरुले बिद्युतबाट चल्ने ट्याक्सीमार्फत सेवा दिइरहेको बताए । उनले गत कात्तिक अन्तिम सातादेखि ३ सय ५० विद्युतीय ट्याक्सी र ५ हजार बाइक आवद्ध भएर सेवा दिइहेको जानकारी दिए । अध्यक्ष मास्केले देशका अन्य शहरहरुमा पनि सेवा विस्तार गर्ने नीति अनुरुप पहिलो सेवा विस्तार लुम्बिनी प्रदेशको बुटवल र भैरहवाबाट गर्न लागिएको बताए ।

त्यस्तै, ई–ड्राइभ नेपालका लुम्बिनी शाखाका अध्यक्ष राजकुमार गुप्ताले नेपालमा धेरै चलेका विदेशी राइड सेयरिङ एप भए पनि ई–ड्राइभ नेपाल नेपाली इञ्जिनियरले बनाएको एप भएको बताए । उनले विदेशी ब्राण्डलाई भन्दा पनि मेक इन नेपाललाई प्राथमिकता दिन आवश्यक भएकाले ई–ड्राइभ लुम्बिनी प्रदेशमा विस्तार सुरु गरिएको बताए । गुप्ताले नेपाली इञ्जिनियरले बनाएका एपलाई सहयोग पु¥याउने उद्देश्य भएकाले लुम्बिनीमा बिहीवार देखि निःशुल्क आवदेन खुला गरिएको जानकारी दिए ।

अहिले ई–ड्राइभमा काठमाडौं उपत्यकामा आफ्नै कम्पनीका २० वटा र बाँकी अन्य नीजि क्षेत्रका विद्युतीय ट्याक्सीले सेवा दिएरहेको छ । ई–ड्राइभको यात्रा सरल र सुलभ रहेको कम्पनीले जनाएको छ । ग्राहकको सुरक्षाका लागि नेभिगेसन प्रणाली प्रयोग गरिएको छ भने यसबाट ट्याक्सी कहाँ छ भन्ने सजिलै पत्ता लगाउन पनि सकिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ८ : १२ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’