२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

उपनिर्वाचनका लागी आज उम्मेदवारको मनोनयन दर्ता



काठमाडौं । इलाम-२ र बझाङमा हुने उपनिर्वाचनका लागि आज शनिबार उम्मेदवारहरुले मनोनयन दर्ता गर्दैछन् । आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको हो ।

मनोनयन दर्तापछि आजै साँझ ६ बजे उम्मेदवारको सूची प्रकाशित गरिने र उम्मेदवारको विरोधमा उजुरी दिनका लागि आइतबार बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको आयोगले जनाएको छ । भोलि साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । इलाम-२ र बझाङ प्रदेश १ मा आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

आयोगले उपनिर्वाचन हुने दुवै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तोक्नुका साथै मतदान स्थल समेत तोकिसकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : ३१ बजे

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न