६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवलको कालिकानगरमा शुभारम्भ



बुटवल । दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवलको कालिकानगरमा शुभारम्भमा आएको छ । करिब १४ करोडको लागतमा दियालो फूडल्याण्डको पाँचौं शाखा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को कालिकानगरमा शनिबारदेखि औपचारिक शुभारम्भ भएको हो ।

सन् २०११ मा काठमाडौंको बसुन्धराबाट सुरु भएको दियालो फूडल्याण्डको बुटवलमै भने यो दोस्रो शाखा हो । यस अगाडी बुटवलको मिलनचोकमा शाखा सञ्चालन भईरहेको छ ।

कालिकानगर शाखाको शुक्रबार साँझ बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । त्यस अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले आर्थिक क्षेत्रमा देखिएको निरासा र अन्यौलताका बिचमा पनि भईरहेको लगानीले आशाको दीयो बालेको बताए । उनले निर्माणाधिन सडक लगायतका पूर्वाधार सम्पन्न हुदा त्यसले बुटवलको भविष्यको सुनिश्चितता गर्ने भएकाले हतोत्सायित नभई अहिलेको निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।

दियालो फूडल्याण्ड कालिकानगरमा यस क्षेत्रका ३२ जना उद्योगी व्यवसायीहरुको १४ करोड लगानी रहेको छ । दियालो फूड ल्याण्ड कालिकानगरका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठका अनुसार यो शाखामा ८ सय जना क्षमताको वातानुकुलित व्याङ्क्विट हल, ५० जना क्षमताको ३ वटा वातानुकुलित मिटिङ हल, रेष्टुरेन्ट, खुल्ला पार्किङ, गार्डेन, चिल्ड्रेन जोन रहेको छ । त्यस्तै २ हजार ५ सय जनासम्मको विवाह लगायतका पाटीका कार्यक्रम गर्न सकिने प्रवन्ध निर्देशक शंकर न्यौपाने बताए । यसले हाल ४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

काठमाण्डौको बसुन्धरामा सन् २०११ मा पहिलो शाखा स्थापना गरिएको दियालो फूडल्याण्डको योसंगै पाँच वटा शाखा पुगेको छ । त्यस्तै काठमाडौंकै सेजपत्ती, चितवन, बुटवल मिलनचोक र कालिकानगरमा समेत गरी पाँचौ शाखा पुगेको दियालो फूडल्याण्ड काठमाडौंका अध्यक्ष माधव पाण्डेले बताए । उनका अनुसार दियालो फूडल्याण्डका देशभरका पाँच शाखामा १ अर्ब बढी लगानी भएको छ । त्यस्तै तीन सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : १० बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक