४ पुस २०८२, शुक्रबार | December 19, 2025

लेबनानको राजधानीमा ठूलो विस्फोट, ७० को मृत्यु, ४ हजार बढी घाइते



एजेन्सी । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७० जनाले ज्यान गुमाएका छन भने ४ हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थ विष्फोट हुँदा यो घटना भएको बताइएको छ । राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु अस्वीकार्य रहेको बताएका छन् । अमोनियम नाइट्रेट विस्फोट हुने रसायन हो । राष्ट्रपति आउनले सुप्रीम डिफेन्स काउन्सिलको बैठकपछि त्यस्तो ट्वीट गरेका हुन ।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ । यो घटनालगत्तै अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन् । प्रधानमन्त्री हासान डीयाबले यो घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जवाफदेही बनाइनुपर्ने बताएका छन् ।

उनले खतरनाक गोदामू बारे चर्चा गरेका छन् जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ । स्थानीय सञ्चार माध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिएको देखाइरहेका छन् ।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो । सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि यो विस्फोटन भएको हो ।

राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरिको कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो । ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ ।

यो घटनाबारे ब्रिटेन र फ्रान्ससहित विभिन्न देशहरूले प्रतिक्रिया जनाएका छन् । उनीहरूले लेबनानलाई आवश्यक सहयोग गर्ने बताएका छन् । त्यसअघि लेबनानका प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहयोगको आह्वानसमेत गरेका थिए ।

पछिल्लो समय लेबननमा राजनीतिक अस्थिरता चुलिएको छ । सन् १९७५ देखि ११९० सम्म चलेको गृहयुद्धपछिको सबैभन्दा खराब आर्थिक सङ्कट व्यवस्थापनमा सरकारी भूमिका विरुद्ध त्यहाँ प्रदर्शन भइरहेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : १८ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म