४ आश्विन २०८३, आइतबार | September 20, 2026

लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईविरुद्ध मुद्धा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले इन्जिनियर भट्टराईले कोषमा ठेक्कालिने निर्माण कम्पनिबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबि छ ।

उजुरीको अनुसन्धानको क्रममा मालपोत कार्यालय, भक्तपुरबाट पत्र साथ प्राप्त विवरणमा सरोज भट्टराईको आमा जनक नन्दनी भट्टराईको नाममा जिल्ला भक्तपुर गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कि. नं. १३७४ र १३७५ क्रमशः २-९-०-१ र ०-२-१-० क्षेत्रफल भएको जग्गा खरिद गर्दा जग्गा विक्रेताको बैंक खातामा रकम जम्मा गरेको बैंक भौचरबाट देखिए पश्चात् उक्त रकम के कसरी प्राप्त भएको भन्ने सम्बन्धमा अनुसन्धान हुँदा जग्गा खरिद गर्नको लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुसररिसवत माग गरी निज प्रोप्राइटरको बैक खाताबाट जग्गा विक्रेताको बैक खातामा चालीस लाख रुपैयाँ तथा जग्गा खोजी दिने व्यक्तिको बैँक खातामा चालीस लाख गरि असी लाख रुपैयाँ रकम जम्मा गराएको अख्तियारले आरोप लगाएको छ ।

लुम्बिनी विकास कोषमा योजना प्रमुखको रूपमा कार्यरत भट्टराईले कोषमा ठेक्का पट्टाको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुसररिसवत स्वरूप माग गरेको असी लाख रकम आफैले प्रत्यक्ष रूपमा नलिई आमा जनक नन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा उक्त रिसवत रकम प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको मुद्दामा जनाएको छ ।

अख्तियारले भ्रष्ट्राचार निवारण ऐन अनुसार ८० लाख बराबरको बिगो माग गर्दै कानुन अनुसार हुने सजायसहित मुद्धा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  २ : ५१ बजे

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।