१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

लुम्बिनी वल्ड स्कुलमा अभिभावकत्व दायित्व विषय अन्तरक्रिया सम्पन्न



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मधवलिया स्थित लुम्बिनी वर्ल्ड स्कुलमा प्राविधिक युगमा कसरी अभिभावकत्वको जिम्मेवारी बहन गर्ने भन्ने सम्बन्धी बृहत् कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी वर्ल्ड स्कुल र नेपाल स्टिम अलायन्सको कोडिङ कक्षा डिभिजनको सहकार्यमा मोटिभेसनल स्पिकर सौरभ लोहनीद्वारा रूपन्देहीका विभिन्न क्षेत्रबाट आएका अभिभावकहरूको बीचमा अत्यन्तै प्रभावकारी रुपमा प्यारेन्टिङ कसरी गर्ने, बालबालिकाहरूलाई मोबाइल, टिभी लगायतका सामग्रीहरु सही रुपमा कसरी प्रयोग गर्ने यसको अनावश्यक प्रयोगबाट कसरी वञ्चित गर्ने तथा घरमा के कस्तो वातावरण सिर्जना गरेमा बालबालिकाहरू प्रविधिजन्य यन्त्रहरूको दुरुपयोग गर्नबाट सुरक्षित रहन्छन् भन्ने जस्ता कुराहरूको प्रशिक्षण प्रदान गरिएको हो ।

कार्यक्रमको मुख्य आकर्षणहरू मध्ये एक अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र थियो जहाँ अभिभावकहरूले डिजिटल युगमा सामना गर्ने विभिन्न अभिभावकीय चुनौतीहरूको बारेमा लोहनीबाट व्यक्तिगत सल्लाह लिने अवसर पाएका थिए ।

कार्यक्रममा सहभागी सम्पूर्णलाई विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले लुम्बिनी वर्ल्ड स्कुलले प्रदान गर्ने शैक्षिक वातावरण र यसका शैक्षणिक प्रक्रियाहरूबारे छोटो जानकारी दिएका थिए । उनले विद्यालयले शिक्षकहरूको तालिम अभिभावकहरूसँग बच्चाको तथा विद्यालयको सम्बन्ध तथा विद्यालय र विद्यार्थीहरूको सामाजिक उत्तरदायित्व जस्ता कुराहरूलाई आत्मसाथ गर्दै चरणबद्ध रुपमा यी कुराहरूको अभ्यास गर्दै रहेको जानकारी गराएका थिए ।

साथै कार्यक्रममा कोडिङ कक्षाका कार्यकारी प्रमुख सुशील बुढाथोकीले कोडिङ कक्षाको महत्व र के कसरी विभिन्न उमेर समूहका बालबालिकाहरू कोडिङ कक्षामा भाग लिन सक्छन् भन्ने बारे जानकारी प्रस्तुत गरेका थिए । विद्यालयका शैक्षिक निर्देशक डा। मीनप्रसाद खनालका अनुसार सेमिनारको अत्याधिक सफलता र सहभागीहरूबाट हामीले पाएको सकारात्मक प्रतिक्रियाले अत्यन्तै उत्साहित भएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ८ : ०४ बजे

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना

पृथ्वीराजमार्गसहित मुलुकका १२ भन्दा बढी सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड

पत्रकार पक्राउको विरोधमा माइतीघरमा महासंघको प्रदर्शन, प्रेस स्वतन्त्रताको ग्यारेन्टी माग

काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको

डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार, पाँच जबर्जस्ती करणी मुद्दाका

सुर्खेत । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठजना

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

हेटौँडा । लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय